सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक भर्खर सम्पन्न भएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्री परिषद् बिस्तार लगायतका विषयमा छलफल भएको थियो ।
छलफल कुनै टुंगोमा नपुगेपनि पर्सि मंगलबार पुन : बैठक बसेर मन्त्रीपरिषद विस्तार लगायका बिषयमा टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।