नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोकेको छ । विशेषगरी प्रदेश तह लगायत विभिन्न पदाधिकारीहरु, जिल्ला ईन्चार्जहरू र यससँग सम्बन्धित केन्द्रीय समितिका जिम्मेवारीहरु तोक्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर पालिका, वडा र प्रदेश अधिवेशन र निर्वाचन निर्देशिका पनि तय गर्ने काम गरिएको श्रेष्ठले बताउनुभएको छ ।

यससँगै प्रतिगमनप्रति सचेत हुँदै अहिलेकेो विशेष परिस्थितिमा विज्ञान प्रविधिको अधिकतम प्रयोग, साधन, श्रोत र विधिको पनि प्रयोग गर्न सिंगो पार्टी कमिटीमा निर्देशन गरिएको पनि उहाँले बताउनुभएको छ ।

यसका साथै पार्टीलाई विधिसंगत ढंग एवम् क्रान्तिकारी शक्तिहरुलाई एकीकृत गर्दै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको श्रेष्ठले बताउनुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक हिजो र आज बसेको हो ।

आइतवार, ६ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान