निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताका लागि भदौ ९ गते पार्टी सनाखतको लागि बोलाएको छ ।

शुक्रबार आयोगले नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

आयोगको शुक्रबार बसेको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाउने निर्णय गरेको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

शुक्रबार नेपाल पक्षले नेपाल कमयुनिष्ट पार्टी (एकीकृत समाजवादी) र ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राखेर आयोगमा निवेदन दर्ता गरेको थिए । सोहि प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय छुट्याएको जानकारी उहाँले दिनुभयो ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे