नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँचरपाँच जना, एमफिल र विद्यावारिधितर्फका दुईरदुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति ९फेलोसिप० उपलब्ध गराउनेछ । यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुआत भएको बताउनुभयो । उहाँले यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोधरअनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।

-रासस

बुधबार, २ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !