माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले ९५ जना केन्द्रीय सदस्यसहित एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। योसँगै नेकपा एमाले औपचारिकरुपमा फुटेको छ ।

बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए। एमाले समाजवादीले खुला किताब चुनाव चिह्न राखेको भएपनि उक्त चिह्न उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि अहिले चुनाव चिह्न तोकिएको छैन। नेता पाण्डेले छलफलपछि चुनाव चिह्नबारे निर्णय गर्ने जानकारी दिए।

साबिक एमालेको केन्द्रीय कमिटीका ५८ जनाले दल दर्ताका लागि निवेदन दिएको उनले जानकारी दिए।

बुधबार, २ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !