सरकारले आधारभूत पूर्वाधारसमेत निर्माण गर्न नसक्दा लुम्बिनीपश्चिमको पर्यटकीय सम्भावना खेर गइरहेको छ।

नेपालमा पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म सबैतिर पर्यटकका लागि आकर्षणक गन्तव्य भएपनि सीमित गन्तव्यबाहेक अरुतिर पर्यटकीय गतिविधिबाट मुलुकले लाभ लिन सकेको छैन।

यसअघि राणा तथा राजाहरूले प्रवर्द्धन गरेका गन्तव्य तथा केही हिमालबाहेक नेपाली गन्तव्यमा पर्याप्त विदेशी पर्यटक जान सकेका छैनन्। लुम्बिनी क्षेत्रदेखि पश्चिममा विदेशी पर्यटक जानै सकेका छैनन्।

आधारभूत पूर्वाधारको अभावमा पर्यटकीय गतिविधिले फड्को मार्न नसकेको विभिन्न अध्ययनलेसमेत देखाएका छन्। प्राकृतिक तथा संस्कृति सम्पदाका कारणले नेपालमा विदेशी पर्यटक सहजै आउन खोज्ने तर पूर्वाधारको अभावमा अहिलेसम्म ल्याउन नसकिएको धेरैको भनाइ छ। पर्यटकको प्रवाह काठमाडौं, सगरमाथा क्षेत्र र गण्डक क्षेत्रमै सीमित रहेको छ। ५० वर्षभन्दा लामो समयको सघन अभियानले पनि अहिलेसम्म यो घेराभन्दा पश्चिमतिर पर्यटकीय गतिविधि जान सकेका छैनन्।

नेपालमा पर्यकटहरूको मुख्यगरी तीनवटा उद्देश्य हुन्छन्। आरोहण, पदयात्रा र प्राकृतिक सम्पदाको अवलोकनसँगै धार्मिक सम्पदा।

अन्नपूर्ण संरक्षण क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकका आकर्षक क्षेत्र हुन्। संख्याका हिसाबले सगरमाथा क्षेत्र तेस्रो लोकप्रिय गन्तव्य हो। तर उत्तिकै आकर्षक विविधता भएको बर्दिया राष्ट्रिय निकुञ्जमा सीमित पर्यटक पुगेका छन् भने शुक्लाफाँटामा बर्सेनि पाँच सय विदेशी पनि पुगेका छैनन्। खप्तड, रारा तथा शे फोक्सुन्डोमा बर्सेनि एक हजार विदेशी पर्यटक पुग्न कठिन छ।

पश्चिममात्र होइन पूर्वी तराईका धेरे आरक्ष तथा निकुञ्जमा पनि पर्यटक पुग्न सकेका छैनन्। प्राकृतिक सुन्दरता भएर पनि आवश्यक प्रबर्द्धन तथा पूर्वाधार नहुँदा पर्यटक पुग्न सकेका छैनन्।

सुरुदेखि नै विदेशी आफैले प्रवर्द्धन गरिदिएका चितवन, अन्नपूर्ण र सगरमाथा क्षेत्रमै पर्यटकीय गतिविधि केन्द्रीत रहेको छ।

राज्यले पूर्वाधारमा लगानी नगर्दा सम्भावित पर्यटकीय लाभ मुलुकले गुमाइरहेको पछिल्लो एक अर्को अध्यनले देखाएको छ। एसियाली विकास बैंकले गरेको एउटा अध्ययनमा सुदूरपश्चिमको पर्यटकीय सम्भावना भएपनि आधारभूत पूर्वाधारको अभावमा खेर गइरहेको निष्कर्ष निकालिएको छ।

मुख्य समस्या भनेकै यातायातको रहेको छ। प्रत्येक विदेशी काठमाडौंमा आउने र काठमाडौंबाट जाँदा सगरमाथाभन्दा अपी हिमालको यात्रा महँगो पर्ने अवस्था रहेको छ। एकमात्र अन्तर्राष्ट्रिय गेटवे र कमजोर आन्तरिक यातायातको पूर्वाधारले सुदूरको पर्यटकीय सम्भावना खेर गएको छ।

एड्भेञ्चरदेखि वेलनेससम्मका सम्भावना रहेको उक्त अध्ययनले देखाएको छ। अपी हिमाल, शैपाल जस्ता अल्टिच्युड गन्तव्य, बडिमालिका, खप्तड र रामारोशन जस्ता मनोरम गन्तव्यको सम्भावना पर्याप्त देखिएको छ। त्यस्तै शुक्लाफाँटा जस्ता गन्तव्य पनि अझैसम्म प्रवर्द्धन भएका छ‌ैनन्।

एडीबीको अध्ययनले यी सबै गन्तव्यमा पर्यटक लैजानका लागि पहिलो काम पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने औँल्याइएको छ। कम्तीमा ३० अर्ब रुपैयाँको लगानी यसका लागि आवश्यक देखिएको छ। अहिलेकै निर्माणाधीन राजमार्गको दिगो स्तरोन्नति, विमानस्थलको सुधारलगायतका ठूला र आधारभूत पूर्वाधार आवश्यक पर्ने उक्त अध्ययनले देखाएको छ।

राज्यले पूर्वाधारमा लगानी गरेपछि गन्तव्यसम्म पुग्नका लागि सहायक मार्गको विकास पनि आवश्यक पर्ने देखिएको छ। यो सबै काम तीन तहका सरकारले गर्नुपर्ने अध्ययनको सुझाव छ। यसरी सरकारले लगानी गरेपछि निजी क्षेत्रको पनि लगानी र सहभागिता आवश्यक हुन्छ। त्यसका लागि सरकारले प्रोत्साहन गर्ने, वित्तीय पहुँच उपलब्ध गराउनेलगायतका काम गर्नुपर्ने सुझावमा उल्लेख छ।

निजी र सार्वजनिक पूर्वाधारसँगै गन्तव्यको प्याकेज र प्रवर्द्धनमा विशेष योजना बनाएर साझेदारीमा काम गर्नुपर्ने र यसका लागि भारतीय बजारलक्षित हुनुपर्ने सुझाव छ। काठमाडौंका पर्यटक लिनुभन्दा पनि भारतको उत्तराखण्डमा पुग्ने तेस्रो मुलुक तथा भारतीयको १० प्रतिशतमात्र प्रवेश गराउन सकिएमा त्यसको लाभ ठूलो हुने सुझाव दिइएको छ।

राजमार्ग क्षेत्रमा होटल तथा क्यासिनो, उच्चमूल्यका वेलनसेस होटल, भारतीयलाई लक्षित गरेर हिलस्टेसन केन्द्रको विकास तथा एक अर्को गन्तव्य जोड्ने यातायात सञ्जाल नभइ सुदूरपश्चिमको पर्यटकीय विकास सम्भव हुने देखिएको छैन।

यो सबै काम गर्नका लागि पाँच वर्षमा कम्तीमा ४० अर्बको लगानी हुने र त्यसपछिका प्रत्येक वर्ष बढ्दै गएर सुदूरपश्चिममा आन्तरिक तथा विदेशी गरी कुल ४० लाखभन्दा बढी पर्यटक पुर्‍याउन सकिने सम्भावना देखिएको छ।

आइतवार, २१ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !