पर्यटनको राजधानी पोखरा देखि भुटानको थिम्पुमा सिधा हवाई उडान शुभारम्भ भएको छ । भुटान एयरलायन्सले नेपालको पोखरा देखि भुटानसम्मको सिधा हवाई उडान आज (मङ्गलवार) देखि शुभारम्भ गरेको हो ।

भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा खाली आएको उक्त विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बर सहित पारो विमानस्थलमामा सुरक्षित थिम्पु पुर्याएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । केक काटेर उडान शुभारम्भ गर्दै मेयर आचार्यले भुटान एयर र नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी) को निमन्त्रणामा आफु भुटानको थिम्पु पुगेको सामाजिक सञ्जाल (फेसबुक) मार्फत जानकारी गराउनु भएको हो ।

आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने मेयर आचार्यले विश्वास व्यक्त गर्नुभयो । यूटिटिका अध्यक्ष परासर प्रसाईँ सहितको टिमलाई मेयर आचार्यले धन्यवाद दिँदै अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको जेनजी आन्दोलनका कारण री-सेड्युल भएको उल्लेख गर्नुभयो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको मेयर आचार्यले बताउनु भयो ।

आफु ३ दिन भुटानमै रहने उल्लेख गर्दै मेयर आचार्यले अत्यावश्यक यस सद्भावना भ्रमणमा पनि पोखरा महानगर र नेपाल सरकारको कुनै खर्च नभएको जनाउनु भएको छ । उक्त उडानले दुवै देशको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्दै पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण अवसर भएको मेयर आचार्यले जनाउनु भयो ।

१२६ सिट क्षमताको भुटान एयरलाइन्स मार्फत यात्रुहरूलाई चार रात पाँच दिनको विशेष ट्राभल प्याकेज पनि उपलब्ध गराउने भएको छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भूटान सिधा हवाई उडानको शुभारम्भ हुनुले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो ।

मङ्लबार, २ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो