पर्यटकीय दुर्गम ठाउँ रोल्वालिङ क्षेत्रमा मोबाइल सेवा सुरु भएको छ । रोल्वालिङ क्षेत्रमा ४ हजार ५ सय मिटर उचाइमा रहेको च्छोरोल्पा हिमताल, दूधकुण्डसहित सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको वेदिङ र ना गाउँ पर्छ । मंगलबार साँझ नेपाल टेलिकमको प्राविधिक टोलीले एनटेन जोडेपछि मोबाइल टेलिफोन सेवा सुरु भएको छ ।

मोबाइल सेवा सञ्चालनपछि ना गाउँ पुगेका पर्यटकहरु र स्थानीय हर्षित भएका छन् । जिल्लाको सबैभन्दा विकट गौरीशंकर गाउँपालिका वडा–९ ना गाउँमा नेपाल टेलिकम दोलखाले नमस्ते मोबाइल टेलिफोन सेवा जडान गरेर सञ्चालनमा ल्याएको हो । गौरीशंकर हिमालको फेदीमा रहेको शेर्पा बस्तीमा मोबाइल सेवा जडान गर्नका लागि टावरको लागि आवश्यक सामान भरियामार्फत ढुवानी गरेको थियो ।

ना गाउँमा मोबाइल सेवा सुरु भएपछि रोल्वालिङ क्षेत्र भ्रमणमा जाने हजारौं पर्यटकहरु लाभान्वित हुने भएका छन् । ना गाउँमा टावर राखेर एउटा एन्टेना च्छोरोल्पा ताल तिर र अर्को एन्टेना बेदिङतिर फर्काएको छ । अहिले भोइस सेवा मात्रै चल्ने गरी २ जी सेवा सञ्चालन भएको छ । साँझदेखि सञ्चालन भएकाले कहाँसम्म चल्छ त्यसको परीक्षण बुधबार च्छोरोल्पा, दूधकुण्डसम्म पुग्ने टेलिकमका टिममा ना गाउँ पुगेका मनिस महर्जनले जानकारी दिए ।

अब बेदिङको टावरले नभेटेको ठाउँमा नाको टावरले भेट्ने उनले बताए । २०७२ को विनासकारी भूकम्पअघि ७२ घरधुरी भएको ना र वेदिङमा अहिले ८४ घरधुरी रहेको छन् । वेदिङभरिका ८५ जनाभन्दा बढी युवाहरुले सगरमाथाको सफल आरोहण गरी वेदिङलाई आरोहीहरुको गाउँ भनेर चिनाएका छन् । यसबाट वेदिङ अझै पर्यटकीय महत्त्वको क्षेत्र बनेको छ ।

सबैभन्दा छिटो सगरमाथा आरोहीको रुपमा कृतिमान कमाएका दाछिरि शेर्पाले ना र बेदिङमा मोबाइल सेवा चल्नु पर्यटन क्षेत्रको लागि अत्यन्तै खशीको खबर भएको प्रतिक्रिया दिए । ‘अहिले सञ्चार सम्पर्ककै अभावमा रोल्वालिङ क्षेत्रमा पर्यटकहरु घटेका छन्’ उनले भने, ‘मोबाइल चलेमा पर्यटकहरु अहिलेभन्दा धेरै बढ्ने र होटल व्यवसाय फस्टाउने बताए ।’

गौरीशंकर गाउँपालिका वडा–९ का वडा अध्यक्ष निमगेली शेर्पाले मोबाइल सेवा सबै क्षेत्रमा भएपछि पर्यटकहरु बढ्ने बताए । यो वर्षको सिजनमै मोबाइल सेवा सुरु भएको छ । अब खबर आदनप्रदान गर्न सजिलो भएकाले विगतमा जस्तो अलपत्र पर्ने हराउने समस्या पनि नहुने बताए । रोल्वालिङ क्षेत्रमा पर्यटक जाने मुख्य मौसम असोज–कात्तिक महिना हो । वेदिङमा भने १० वर्ष अघि मोबाइल सेवा सुरु भएको थियो ।

अहिले पनि वेदिङ गुम्बामा पूजापाठ गर्न दुई दर्जन बढी विदेशी बसिरहेको सगरमाथा आरोही दावाछिरी शेर्पाले जानकारी दिए । वेदिङ र ना गाउँ बहुचर्चित र जोखिमयुक्त च्छोरोल्पा हिमताल भन्दा तल पर्दछ । विष्फोटनको उच्च जोखिममा रहेको यो हिमताल विष्फोटन भएमा सूचना दिनका लागि अहिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले विभिन्न ठाउँमा साइरन राखेको छ ।

अहिले स्याटालाइट प्रविधिबाट टावर निर्माण गरिएको छ । ना गाउँमा वैकल्पिक ऊर्जा कार्यक्रम, गौरीशंकर गाउँपालिकाको संयुक्त लगानीमा गत वर्ष सोलार प्लान्ट राखेर विद्युतीकरण गरिएको छ । विद्युत र सञ्चार दुवै सेवा भएपछि सबैलाई सहज भएको ना र वेदिङमा होटल व्यवसाय गर्दै आएकी निमबुटी शेर्पाले बताइन् ।

सोमवार, २४ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान