स्ताङ जिल्लाको कोरला अध्यागमन कार्यालयबाट आजदेखि औपचारिक रूपमा अध्यागमन सेवा सुरु भएको छ। कार्यालय उद्घाटन भएको एक वर्षपछि पहिलो पटक १३ जना नेपाली नागरिक चीन प्रस्थान गरेका हुन्।

पूर्व गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ गते कोरला अध्यागमन कार्यालयको उद्घाटन गर्नुभएको थियो। तर, त्यतिबेलादेखि हिउँ र मौसमका कारण नियमित सेवा सञ्चालन हुन सकेको थिएन। हाल भने कोरला क्षेत्रमा बाक्लो हिमपात भएपछि अध्यागमन सेवा ल्होमान्थाङ इलाका प्रशासन कार्यालयमार्फत प्रवाह गरिएको हो।

ल्होमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री सहित १३ जनाको टोली आज कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ। चीनको अध्यागमन निकायले पनि साधारण राहदानीधारी नेपाली नागरिकलाई कोरला नाकामार्फत प्रवेश अनुमति (भिसा) जारी गरेको छ।

नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सो क्षेत्रमा प्रवेश गर्न पहिलो १० दिनका लागि ५०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै, कोरला नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकले पनि यही दरमा शुल्क तिर्नुपर्ने हुन्छ। यद्यपि, नेपाल सरकारले चिनियाँ नागरिकलाई एक भिसा वर्षमा १५० दिनसम्म निःशुल्क पर्यटक भिसा सुविधा प्रदान गर्दै आएको छ।

निषेधित क्षेत्र प्रवेश शुल्क पुनरावलोकनका लागि हाल विभिन्न तहमा छलफल भइरहेको छ।

चीनतर्फको कोरला नाकामा आधुनिक पूर्वाधारसहित अध्यागमन, भन्सार, क्वारेनटाइन र सुरक्षा निकायका कार्यालय रहेका छन्। नेपालतर्फ भने हाल अध्यागमन कार्यालय मात्र क्रियाशील छ। भन्सार, क्वारेनटाइन र सुरक्षा कार्यालय नेचुङमा रहेका कारण करिब १५ किलोमिटर दूरीका कारण एकीकृत सेवा प्रवाहमा कठिनाइ आइरहेको छ।

आइतवार, २३ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान