भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ। यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो।

गाउँपालिकाले वि.सं. २०८० देखि सुरू गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ। हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो। माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ।

गाउँपालिकाले यस स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामको बार लगाएको छ। यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ। महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताए। ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उनले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गरे।

‘यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो’, अध्यक्ष राईले भने, ‘यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौं। यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौं।’

गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताए। यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनको भनाइ छ। विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन्।

यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ। देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन्। ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ।

शुक्रबार, २१ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान