file photo

सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म नेपाल आएका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९ लाख ४३ हजार ७१६ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको हो। सन् २०२४ मा ९ लाख ४१ हजार २४ विदेशी पर्यटक आएका थिए।

पर्यटन विभागका प्रारम्भिक तथ्यांकअनुसार, यो संख्या सन् २०१९ अर्थात् महामारीपूर्वको आगमनको ९७.७ प्रतिशत पुनरुत्थान हो। सन् २०१९ को जनवरी-अक्टोबर अवधिमा नेपालमा ९ लाख ६६ हजार २३ विदेशी पर्यटक आएका थिए।

कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ७ लाख ८५ हजार ८१९ मा झरेको थियो। त्यसपछि सन् २०२१ मा झनै घट्दै २ लाख २३ हजार ८८७ मा सीमित भएको थियो। तर, सन् २०२२ पछि सुधारको क्रम सुरु भइ ४ लाख ७४ हजार २८४ (२०२२), ९ लाख ४१ हजार २४ (२०२३) हुँदै हाल ९ लाख ४३ हजार ७१६ (२०२५) पुगेको हो।

नेपालले महामारीपछिको पर्यटन पुनरुत्थानमा दक्षिण एसियामै उल्लेखनीय प्रगति गरेको छ। यद्यपि, पछिल्ला महिनामा आगमन दर स्थिर रहँदा वार्षिक वृद्धिदर केवल ०.३ प्रतिशतमा सीमित भएको विभागले जनाएको छ।

यस्तै सन् २०२५ को अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको अक्टोबर (२०२४) को तुलनामा ३.३ प्रतिशतले वृद्धि भएको हो। यो संख्या महामारीपूर्व सन् २०१९ को अक्टोबर महिनाको आगमनको ९५.८ प्रतिशत पुनरुत्थान हो।

सोमवार, १७ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !