गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ। उक्त क्षेत्रबाट आइतबार १ सय १० पर्यटकको उद्धार गरिएको छ। घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो।

‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरियो। जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए।’

मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन्। केही भने आरुघाटतर्फ फर्कंदै गरेका सहायक प्रजिअ बरालले जानकारी दिए। एकदुई दिनभित्रमा उद्धारकार्य सम्पन्न हुने उनको भनाइ छ।

आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका-१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए। उनीहरू गत मंगलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए।

‘कतिपय पैदलमार्फत आरुघाटतर्फ झरे। बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो। तीन सय ८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन्। उनीहरू लार्केपास गरेर मनाङ झर्छन्’, पर्यटन व्यवसायी लामाले भने। साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ।

यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) ६ हजार ४ सय १४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्यांकमा उल्लेख छ। हाल उक्त क्षेत्रमा सयौँ पर्यटक रहेका छन्।

तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ।

धार्चे गाउँपालिका-३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनीहरू सामागाउँबाट माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन्।

पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको थियो। उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। रासस

सोमवार, १७ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !