a}t8L, !( k’; M lxpFdf /dfpFb} cfGtl/s ko{6s a}t8Lsf] ;tafFem If]qdf ePsf] lxdkftdf /dfpFb} cfGtl/s ko{6s . lxpF v]Ngsf nflu lhNnf ;b/d’sfdnufot cGo If]qaf6 klg ko{6s cfpg] u/]sf 5g . t:jL/M ljgf]b l;+x lji6÷/f;;

पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन्।

दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ। गोसाइँकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबीच रमाइरहेको जानकारी दिए।

खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खानबस्न कुनै समस्या नभएको लाङ्टाङ पदमार्गका व्यवसायीले बताएका छन्।

यसैबीच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङ्टाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ। हिमपातसँगै अत्यधिक चिसो हुनेहुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुटजुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

तपस्वी बाबा विजयका अनुसार समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा अहिले छ इञ्च बाक्लो हिमपात भएको भएको छ।

गोसाइँकुण्ड जाने बाटोमा पर्ने लौरीविनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए। रासस

शनिबार, १५ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !