वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् ।

सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् ।

अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मंगलबार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताए।

‘पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा हिउँ जमेकाले जान सकेनौँ’, उनले भने, ‘मौसममा सुधार भएपछि पैदलयात्रा गरेर हुमखोला आएका छौँ ।’

आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने सवारीसाधनको अभाव भएको छ ।

उक्त पदमार्गमा करिब १५० जना पर्यटक हिमपात र वर्षात्का कारण मंगलबार रोकिएका थिए । यही कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।

आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जिल्लाका पर्यटकीय स्थलहरूमा गएका पर्यटकहरू हालसम्म सुरक्षित रहेका जानकारी दिए ।

यसैगरी म्याग्दीको मुदी हुँदै धौलागिरि चक्रीय पदमार्ग भएर मुस्ताङको मार्फा जाने क्रममा रोकिएका तीन जना बेलायती र १२ नेपाली शेर्पा तथा पथप्रदर्शकको उद्धारका लागि जोमसोमबाट सुरक्षाकर्मी टोली गएको जनाइएको छ ।

बिहिबार, १३ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !