अध्यागमन विभागले तिहारको सार्वजनिक बिदा अवधिमा पनि आफ्नो केही सेवा खुला रहने जानकारी दिएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै भाइटिकाको दिन बाहेक तिहारका अन्य दिनहरूमा बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने भनेको छ ।

विभागको सूचनामा भनिएको छ, “२०८२ सालको तिहारको अवसरमा पर्न जाने सार्वजनिक बिदाको अवधिमा मिति २०८२/०७/१६ गते भाइटिकाको दिन बाहेक अन्य दिनमा बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ।”

सूचनाअनुसार, विदेशी पर्यटकहरूका भिसासम्बन्धी सेवा, नवीकरण र अन्य आवश्यक कार्यका लागि उक्त शाखा निर्धारित समयमा खुला रहनेछ। विभागले तिहार बिदाका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएको बताएको छ।

शुक्रबार, ३१ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !