आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा ६० लाख रूपैयाँ आम्दानी भएको छ। आँबुखैरेनी-२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ ६० लाख रूपैयाँ आम्दानी गरेको हो।

ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ। पार्क प्रवेश गर्नेसँग टिकट लिने गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। स्थानीयलाई ५० रूपैयाँ र बाह्यलाई १०० रूपैयाँ टिकट शुल्क तोकिएको छ। ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन दुई करोड रूपैयाँ लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ।

पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरा पार्क पछिल्लो समय पर्यटकको विश्रामस्थलका रूपमा विकास हुन थालेको छ। सार्वजनिक बिदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी-२ का वडाध्यक्ष आशबहादुर गुरुङले बताए।

ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनको भनाइ छ। उनले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ, राजमार्ग भएर यात्रा गर्नेहरू पनि यहाँ रोकिएर आनन्दित भएर जान्छन्।’

यहाँ रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाइएको छ। झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँ गत साउन ३ गतेदेखि ‘स्काइ वाक’ सुरु गरिसकेको छ। स्काइ वाकको मूल्य २५० रूपैयाँ तोकिएको छ। १५ लाख रूपैयाँको लगानीमा स्काइ वाक निर्माण गरिएको हो।

करिब ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ। तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ।

यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदनअनुसार १० करोड रूपैयाँ बजेट आवश्यक पर्छ। यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ। रासस

शनिबार, २५ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !