सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार, स्थानीय सञ्चार माध्यमहरूले करिब ३५० जनाको उद्धार गरी सुरक्षित रूपमा कुडाङ सानो बस्तीमा पुर्‍याइएको बताएका छन् ।

शुक्रबार साँझदेखि नै भारी हिमपात सुरु भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ ।

कुडाङ पुग्न सफल भएका पदयात्रा समूहका चेन गेसुआङले रोयटर्सलाई भने, “मौसम अत्यन्त चिसो र भिजेको थियो, हाइपोथर्मियाको खतरा थियो ।”

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार, तिब्बतको ब्लू स्काई उद्धार टोलीले भारी हिमपातका कारण पालहरू भत्किएको र केही पदयात्रीहरूमा हाइपोथर्मियाका लक्षण देखिएको भन्दै सहयोगका लागि अनुरोध प्राप्त गरेको जनाएको छ ।

रोयटर्सका अनुसार, टिङ्री काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि एभरेस्ट रमणीय क्षेत्रको टिकट बिक्री र प्रवेशमा अस्थायी रूपमा रोक लगाएको छ । बीबीसी

सोमवार, २० अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान