रुकुम पूर्वको भूमे गाउँपालिका–१ मा अवस्थित चौरीखर्क आन्तरिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै गएको छ ।

समुद्री सतहदेखि करिब ४,००० मिटर उचाइमा रहेको चौरीखर्कमा पछिल्लो समय दैनिक ५०० देखि १,००० जना आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अघिल्ला वर्षहरूमा थोरै मात्र पर्यटक पुग्ने यो क्षेत्र अहिले हजारौंको आकर्षण बन्दै गएको छ ।

बुकीफूलको रंगीन फुल, हरियाली पाटन, भेडाबाख्राको चरिचरन, गोठालाको चहलपहल र हिमाली दृश्यावलोकन गर्न यहाँ पर्यटक आकर्षित हुने गरेका छन् ।

मध्यपहाडी लोकमार्गबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने चौरीखर्कसम्म पुग्ने गोरेटो बाटो सहज भएपछि यस वर्ष पर्यटकको आवागमन बढेको हो ।

स्थानिय व्यवसायी मोहविर खड्काका अनुसार छोटो ट्रेकिङको अनुभव लिन चाहनेका लागि चौरीखर्क उपयुक्त गन्तव्य बन्दै गएको छ । विशेषगरी शनिबार र विदाको दिनमा यहाँ पर्यटक पुग्ने, टेन्टमा रात बिताउने, नाचगान तथा खानपानमा रमाउने गरेका छन् ।

चौरीखर्कबाट हिमाल, अग्ला पहाड, सुन्दर लेकाली पाटन र ढोरपाटन सिकार आरक्षको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष होमबहादुर श्रेष्ठले चौरीखर्कको पर्यटन प्रवर्द्धनका लागि गोरेटो बाटोसहित अन्य पूर्वाधार निर्माणमा लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाइ लगायतका क्षेत्रमा पनि थप ध्यान दिइनेछ ।

आइतवार, ११ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !