file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएको बताएका छन्।

सोमवार काठमाडौँमा गायक स्व. अरुण थापा मगरको २६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू पर्यटनमन्त्री भएपछि संस्कृति नीति बनाउने काममा लागेको र अहिले मन्त्रिपरिषदमा पुगेको बताए।

संस्कृति नीति कार्यान्वयनमा आएसँगै पछि परेका संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्ने उनले बताए।

प्रजातन्त्र, लोकतन्त्र र नयाँ संविधानपछि बन्ने संस्कृति नीतिले पछि परेका संस्कृतिहरुको उत्थान गर्ने उल्लेख गर्दै उनले अभौतिक सम्पदा संरक्षणसम्बन्धी ऐन, राष्ट्रियसभाको समितिमा छलफलका क्रममा रहेको जानकारी दिए।

सोमवार, ५ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !