मनाङस्थित समुद्र सतहबाट चारहजार ९४९ मिटर उचाइमा रहेको पर्यटकीयस्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो ।

प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचोतालमा बत्ती बालिएको जानकारी दिए ।

उनका अनुसार, बत्ती पुगेपछि पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चारहजार २५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगिसकेको छ । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

बेस क्याम्पबाट ताल पुग्न करिब तीन घण्टा हिँड्नुपर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको महतोले बताए ।

शुक्रबार, २ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान