file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको संस्कृति सही रुपमा अघि बढेको प्रमाणित हुने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को सहकार्यमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राचीनकालमा झैँ सम्पदा निर्माणका लागि आवश्यक जनशक्ति भएकाले सम्पदा पुनःनिर्माणमा समस्या नभएको बताए ।

काठमाडौँ उपत्यकाका तीनवटै सहरमा देगु तलेजु मन्दिर जस्ताको तस्तै निर्माण हुनुले पनि सम्पदा निर्माणमा सकारात्मक सन्देश दिएको उनको भनाइ छ । ‘धेरै क्षेत्रमा सकारात्मक संस्कृतिको विकास गर्नु जरुरी छ, नहुने कामलाई हुँदैन भन्ने संस्कृति बनाउन जरुरी छ । यस्ता विषयमा जागरण प्राज्ञले नै गर्नु जरुरी छ’, उनले भने।

भौतिक विकास मात्र नभई सांस्कृतिक विकास पनि जरुरी रहेकाले मन्त्री पाण्डेले संस्कृतिलाई मेरुदण्ड नबनाए दिगो विकास हुन नसक्ने उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतिको मूल जरा चिन्तन प्रणाली भएकाले यसलाई सकारात्मक रूपले अघि बढाउनुपर्नेमा जोड दिए। सांस्कृतिक विविधतालाई स्वीकार गरेर विकासमा अघि बढ्न सकिने उनको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले भौतिक विकास गरिरहँदा सांस्कृतिक विषय ओझेलमा परेकाले यस किसिमको बहस सुरु गरिएको बताए। प्रा.डा सोमप्रसाद खतिवडाले ‘विकासका लागि संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संस्कृतिसापेक्ष विकास हुन नसकेको बताए।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा.डा निर्मला पोखरेलले म्याक्समूलरले वेदमा गरेको अनुसन्धानले वेद विज्ञानसम्मत रहेको प्रमाणित गरेकाले वैदिक संस्कृतिअनुसार अघि बढ्नुपर्ने विचार राखिन्।

मङ्लबार, ३ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान