पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि यसतर्फ आकर्षित भएका छन् । यहाँका केही महिलाले घरबास सञ्चालन गरिसकेका छन् भने केहीले सञ्चालन गर्न आवश्यक ज्ञान, सीप सिक्न तम्सिएका छन् ।

बेफुर्सदिला हुन थालेका अधिकांश महिला घरबासमार्फत आर्यआर्जनमा जोडिन थालेका गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने, “महिला स्वतःस्फूर्त रूपमा आयआर्जनमा जोडिन थाल्नुभएको छ । घरबास र पयर्टन व्यवसायीबाट प्रशस्त आम्दानी गर्न सकिने भएपछि उहाँहरू यसतर्फ आकर्षित हुँदै जानुभएको हो ।”

जन्तीलुङकी माया सारु हिजोआज गाउँमा खोलिएको घरबासमा व्यस्त छन् । “घरबासबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर व्यवहार चलाउनेलगायत खर्च जुटाउन सजिलो भएको छ”, उनले भने ।

घरबासमा लाग्न तालिम
महिला घरबासतर्फ आकर्षण बढ्न थालेपछि गाउँपालिकाले महिलालाई ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको छ । महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम दिएको हो ।

यहाँका छवटै वडामा घरबासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा बलियो बनाउन तालिम दिइएको पालिका अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ ।

स्वरोजगार बनी आयआर्जनमा जोडिन तिनाउवासीलाई समस्या नरहेको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताए । उनले भने, “मेहनत गर्नुस् घरमै बसीबसी महिनाको रु ४०–५० हजार सजिलै कमाउन सकिन्छ । पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सहयोग गर्नेछ ।”

तिनाउ–६ मस्याम, वडा नं ५ मरामकोट, वडा नं ४ को सत्यवती क्षेत्रमा घारबास व्यावसायको सुरुआत भएको छ भने वडा नं १ कचल, वडा नं २ दोभान, वडा नं ३ झुम्साका विभिन्न भागमा सञ्चालनको तयारीमा महिला जुटेका छन् । यहाँ अहिले केही स्थानीयले घरबास कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् ।

जन्तीलुङ सामुदायिक घरबासमा प्रतिव्यक्ति रु एक हजार २०० मा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र बिहानको खाजाको व्यवस्था गरिएको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँ जन्तीलुङ र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्य अवलोकन गर्न सकिन्छ । आफ्नो कार्यकालमा मस्यामको जन्तीलुङमा सरु गरेको घरबास व्यवस्थित हुँदै गएको गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

मङ्लबार, ३ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !