सन् २०२५ को वसन्तयाममा सगरमाथा आरोहणका लागि अनुमति लिएका ४६८ जनामध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएका ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषमध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका हुन् ।

विभागको पर्वतारोहण शाखा निर्देशक हिमाल गौतमले भन्नुभयो, “यो वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ५७ देशका आरोहीले अनुमति लिएका छन् । आरोहण अनुमति

लिनेमा सबैभन्दा बढी अमेरिका, चीन र भारतबाट रहेका छन् ।”

यसअघि सन् २०२३ को वसन्तयाममा हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

प्रतिकूल मौसमका कारण पछिल्ला दुई दिनमा सगरमाथामा कुनै आरोहण हुन नसकेको जनाउँदै उहाँले विभिन्न आधार शिविरमा रहेका आरोही आरोहण पूरा गर्न उपयुक्त मौसमको पर्खाइमा रहेको बताउनुभयो ।

सरगमाथा आरोहणको अनुमतिबापत हालसम्म ६९ करोड १२ लाख ७१ हजार ८१७ रुपियाँ रोयल्टी जम्मा भएको उहाँले जानकारी दिनुभयो । विभागले आरोहण अनुमति दिएका २७ वटा हिमालबाट शुव्रmबारसम्म ७९ करोड ४२ लाख २४ हजार ६३२ रुपियाँ सरकारी कोषमा राजस्व दाखिल भएको उहाँले बताउनुभयो ।

वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपिडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले गत शुव्रmबार बेलुका ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर यो यामको आरोहण सुरु भएको हो । पछिल्लो एक सातामा ५५ जना आरोही चुचुरोमा टेकेर फर्किएका छन् ।

शनिबार, ३ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान