प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।

गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पटक हो । ती सबै बोतलबंद अक्सिजन बिना नै सफल आरोहण भएका थिए ।

“सदपारो मुहम्मद अली सदपाराका गर्वका छोरा हुन्, जसको सन २०२१ मा के २ को जाडोयाममा भएको आरोहणको क्रममा दुःखद रूपमा आफ्नो ज्यान गुमाएका थिए तर आफ्नो बुबाको विरासतलाई सम्मानका साथ साजिद पाकिस्तानी पर्वतारोहण शक्ति र विश्वव्यापी उत्कृष्टताको शक्तिशाली प्रतीकको रूपमा उभिएका छन्’ क्लबले भनेको छ ।

पाकिस्तानको अल्पाइन क्लबका सचिव करार हैदरीले सदपारालाई बधाई दिँदै विश्व मञ्चमा पाकिस्तानी पर्वतारोहीको शक्ति र साहस झल्काउने ऐतिहासिक कोसेढुङ्गा बनेको बताए । ‘यो पाकिस्तान र पर्वतारोहण संसारका लागि अर्को गर्वको क्षण हो,’ उनले भने ।

उता, काठमाडौंस्थित सेभेन समिट ट्रेक्सले एक विज्ञप्तिमार्फत उनले शनिबार बिहान ९ः३५ बजे शिखरमा सफलतापूर्वक पुगेको बताएको छ, जस अनुसार यस वसन्त २०२५ को सिजनमा धौलागिरीको चुचुरोमा पुग्ने पहिलो आरोही भएको पनि जनाएको छ ।

टोलीले शुक्रबार साँझ ६ः१५ बजे क्याम्प चौथौंवाट समिटका लागि यात्रा सुरु गर्‍यो र शीर्षमा पुग्नको लागि अथक प्रयास गर्दै साथसाथै ३५० मिटरभन्दा बढी डोरी फिक्स गरी रुटको अन्तिम खण्ड सुरक्षित गर्‍यो। उनको धौलागिरी आरोहण सेभेन समिट ट्रेक्स नेपाल र साब्रोसो पाकिस्तानले प्राविधिक सहयोगमा कैलासले प्रायोजन गरेको थियो।

मङ्लबार, ३० बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान