file photo

ताप्लेजुङमा रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा यस सिजनमा १० जनाले सफल आरोहण गरेका छन् ।

८,५८६ मिटर अग्लो कञ्चनजंघा हिमाल सेभेन समिट ट्रेक्स एजेन्सीले सफल आरोण गराएको हो । सो ट्रेक्सका जनरल म्यानेजर थानेश्वर गुरागाईले मे १० अर्थात २७ बैशाख ०८२ दिउँसो २.१५ मिनेटमा १० जनाले सफल आरोहण गरेको बताए ।

आरोहण गर्नेमा ५ नेपाली र ५ विदेशी रहेको म्यानेजर गुरागाईले बताए । विदेशीमा कोसोवो, इरान र बेलायतका नागरिक रहेका छन् । आरोहीहरू फ्लुतुरा ईब्राहिमी, एड्रियन माइकल हेस, अलिरेजा बेहपुर, सइद अल्मेमारी, सेयदमिदरजा हासेमी, लाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेका छन् । नेपाली र भारतीय सेनाका २३ सहित जम्मा ७० जना आरोहणका क्रममा रहेकोमा १० जनाले भने सफल आरोहण गरेका हुन् ।

उनका अनुसार सेभेन समिट ट्रेक्सबाट ४० जना र अन्य ट्रेकिङ एजेन्सीबाट ३०जना कञ्चनजंघा आरोहणको क्रममा छन् । आरोहण सुरु गर्नुअघि कन्चनजंघामा आठजना शेर्पाको टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइन सुरक्षित गरेको थियो ।

सोमवार, २९ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान