file photo

पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएकाे छ । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएको हो ।

‘ट्रेक’ का जेनेरल मेनेजर थानेश्वर गुरागाईका अनुसार मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएकाे हाे ।

सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम इब्राहिमी, बेलायतमन एड्रियन माइकल हेस, ईरानका अलिरेजा बेहपुर र सेइदमिदरजा हासेमी, युनाइटेड अरब इमिरेट्सका सइद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेको जेनेरल मेनेजर गुरागाईले बताउनुभयो ।

उक्त टोलीले मे ९ अर्थात् वैशाख २६ गते साँझ छ बजेर १५ मिनेटमा चौँथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजङ्घामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग आठ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो।

यस वर्ष कञ्चनजङ्घामा प्रभावशाली सहभागिता देखिएको बताउँदै जेनेरल मेनेजर गुरागाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहीहरू गरी ७० जना हिमाल आरोहण गर्ने अनुमति लिएकोमा १० जनाले सफल आरोहण गरेको र अन्य आरोही तयारीमा रहेको बताउनुभयो । ट्रेकले यस वसन्त ऋतुमा आफ्नो टोलीले कञ्चनजङ्घा हिमाल ९८,५८६ मिटरमा सफल आरोहणको घोषणा गर्न पाउँदा उत्साहित भएको जनाएको छ । गो. प

आइतवार, २८ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !