file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।

आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं। हाम्रा पूर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ।’

मन्त्री पाण्डेले प्रकृतिपनि हाम्रो विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए। उनले अभौतिक र भौतिक सम्पदा दुइ वटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए।

‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ। प्रकृति पनि हाम्रो विविधतापूर्ण छ, यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ। प्रचार भयो भने संसारभरीका मानिसहरु नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुने छन्,’ उनले भने, ‘हामीसँग धेरै भाषा, भेषभूषा छन् । धेरै संस्कृति चाडपर्व छन्। विभिन्न खानपानका परिकारहरु छन्। यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुइ वटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ।’

त्यस्तै ललितपुर महाननगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भएतापनि विश्राम नलिई लगातार विकास निर्माणका काम गर्दै आइरहेको बताए। उनले मन्दिरको पुनः निर्माणको काम चाँडै सुरु गरिने पनि जानकारी गराए।

आइतवार, २४ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा