नवलपरासीपूर्व (नवलपुरको) कावासोती–१५, गोडारमा रहेको नवलपुर आदिवासी तथा थारू सङ्ग्रहालय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस क्षेत्रका रैथाने थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्रीको सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको हो । पछिल्लो समय प्रयोगमा आउन छाडेका र प्रयोग हुँदै आएका समेत गरेर यहाँ पाँच सयभन्दा बढी सामग्रीको सङ्ग्रह गरिएको छ ।

कावासोती यो जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ देशकै उत्कृष्ट अमलटारी होमस्टे सञ्चालनमा छ भने चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारीसमेत व्यवस्था रहेकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने गर्छ । यहाँ आएका पर्यटकले नवलपुर आदिवासी तथा थारू सङ्ग्र्रहालयको अवलोकन गर्ने गर्छन् । २०६६ सालमा माघीको अवसर पारेर स्वैच्छिक रूपमा चन्दा सङ्कलन गरी स्थापना सुरु गरिएको यस सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ होमस्टे स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा समेत टेवा पुगेको छ ।

यस सङ्ग्रहालयमा अवलोकन गर्न विगत छ महिनादेखि प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ । स्वदेशीका लागि प्रतिव्यक्ति २५ रुपियाँ र विदेशीका लागि प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क तोकिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो । छ महिनादेखि अहिलेसम्म करिब चार हजार जनाले सङ्ग्रहालयको अवलोकन गरेको महतोले जानकारी दिनुभयो । महतोले भन्नुभयो, “पहिले हामीले निःशुल्क रूपमा प्रवेश गर्न दिन्थ्यौँ । छ महिना भयो शुल्क लिन लागेको, यो बिचमा करिब छ हजार जनाले अवलोकन गरेका छन् ।”

अहिले चलनचल्तीमा नभएका सामग्रीको सङ्ग्रह गर्ने र ती सामग्रीलाई जीवन्त राख्ने सँगै पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको बताउनुभयो । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर यहाँ राखिएका सामग्री सङ्कलन गरिएका हुन् । सङ्ग्रहालयमा राखिएका केही सामान खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो ।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले सङ्ग्रहालयले पर्यटकीय गतिविधिमा टेवा पुगेको बताउनुभयो । यहाँ आएका विदेशी पर्यटकलाई सङ्ग्र्रहालय अवलोकन गराउन लैजाने गरेको उहाँ बताउनुहुन्छ । महतोले भन्नुभयो, “हामीकहाँ आएका पाहुनालाई सङ्ग्रहालय देखाउन लैजान्छौँ । यहाँ रहेका होटेल तथा रिसोर्ट र होमस्टे सबैमा आउने पाहुनाले यहाँ घुम्ने ठाउँ के के छन् भनेर सोध्दा हामीले पुग्नैपर्ने स्थान सङ्ग्रहालय बताउँछौँ ।

मङ्लबार, २९ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !