चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।

माघ २९ देखि सुरु हुने महोत्सवलाई भव्य बनाउन सौराहालाई सिँगारिएको छ । महोत्सवको तयारी गरिएपछि सौराहामा चहलपहलसमेत सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहा चितवन (रेबान) सौराहाको आयोजनामा सौराहा फुड फेस्टिभलको १९ औँ संस्करण हुन लागेको हो । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फागुन ३ सम्म फेस्टिभल सञ्चालन हुने आयोजक रेबान सौराहाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

चितवनको पर्यटन विकासका लागि प्रणय दिवसका अवसर पारेर फेस्टिभल आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । फेस्टिभलको प्रभावका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने उहाँले बताउनुभयो । फेस्टिभलबाट भएको मुनाफा सौराहाको सौन्दर्यीकरणमा लगानी गर्ने आयोजकले जानकारी दिएको छ ।

फेस्टिभलमा विभिन्न जातजातिको नाच, खानाका परिकार रहने छ । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभलमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिभल अवलोकनका लागि सौराहामा दैनिक पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेबान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।

फेस्टिभल अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् । सौराहामा १५० भन्दा बढी पर्यटकीय होटेल र ९० को हाराहारीमा रेस्टुरेन्ट छन् । सफारी पर्यटनको हिसाबले प्रसिद्ध सौराहामा वार्षिक साढे तीन लाख पर्यटक आउने गरेका छन् । सौराहा आएका करिब ८० प्रतिशत पर्यटकले यहाँको सामुदायिक वन र निकुञ्जमा सफारी गर्ने गरेका छन् ।

शुक्रबार, २५ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान