सन् २०२४ को अक्टोबर महिनामा एक लाख २४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरिमा एक लाख २४ हजार पर्यटक भित्रिएका हुन् । अघिल्लो महिना सेप्टेम्बरमा ९६ हजार पर्यटक भित्रिएका थिए ।

पर्यटकीय सिजन भएकाले पर्यटक आगमनमा केही वृद्धि भएको देखिन्छ । सिजनमा पर्वतारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ । यद्यपि, यसपालि पर्यटकीय सिजनका लागि यो संख्याभन्दा धेरै नै आउने अपेक्षा गरिएको थियो ।

तर, गत महिना अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा पर्यटकको आगमन घटेको हो ।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै १६ हजार ३१३ भारतीय पर्यटक रहेका छन् । तर, यो संख्या अघिल्लो माहिनाको तुलनामा १३ प्रतिशतले कम हो । चाडपर्वलगायतको सिजन र बाढी, पहिरोकै कारण संख्या घटेको हो ।

त्यस्तै, अमेरिकाबाट १६ हजार, चीनबाट ७ हजार, अस्ट्रेलियाबाट ६ हजार, श्रीलंकाबाट १ हजार, बेलायतबाट ८ हजार पर्यटक आएका छन् ।

त्यसैगरी, बंगलादेशबाट ४ हजार, जर्मनीबाट ६ हजार र इटालीबाट २ हजार पर्यटक भित्रिएका छन् ।

मङ्लबार, २० कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान