पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आज (आइतबार) बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ ।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएका छन् ।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापकमध्येका एक हुन् । उनले नेपालमा पर्यटनको प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन् ।

आइतवार, ४ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !