पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ ।

बडादसैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेको हो ।

मन्त्री विन्दुकुमार थापाले पर्यटन मुलुकको प्रमुख समृद्धिको आधार भएकाले यस क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनसम्बद्ध सबैसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन र विकासका कार्यक्रमलाई अघि बढाइने बताए ।पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष बच्चुराम तिवारीले पर्यटन क्षेत्र अहिले पनि समस्यामा रहेकाले राज्यले पर्यटनमैत्री नीति अङ्गिकार गरी यस क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, सचिव नारायण सुवेदी, सम्मानित फ्रान्सेली नागरिक माथिएस हर्जोग, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मालगायतले आफ्नो धारणा राखेको थियो ।

सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो । अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ । रासस

सोमवार, २१ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा