Trending
चावहिलस्थित इलिक्सर एकेडेमीलाई सर्वोत्कृष्ट बिद्यालय सम्मान प्रदान गरीएको छ । निजी बिद्यालयहरुको संगठन प्याब्सन काठमाडौले गरेको भव्य कार्यक्रममा इलिक्स एकेडेमीले प्याब्सन दिर्घ सेवा सम्मान प्राप्त गरेको हो । प्याब्सनले २०८० सालको एसईई परिक्षामा काठमाडौ जिल्लामा रहेका बिद्यालयहरुमध्येबाट छनोट गरी औसत उच्चतम जिपए प्राप्त गर्न सफल इलिक्सर एकेडेमीलाई सर्वोत्कृष्ट बिद्यालय सम्मान प्रदान गरेको हो ।

सामाजिक शिक्षा र बिज्ञान बिषय अन्र्तगत उक्त बिद्यालयका शिक्षकहरु राजु श्रेष्ठ र निदेश बमलाईसमेत सर्वोत्कृष्ट बिषय शिक्षकको सम्मान प्रदान गरीएको थियो । उच्चतम जिपिए ल्याउन सफल इलिक्स एकेडेमीका बिद्यार्थीहरु आरम्भ बुढाथोकी, शुसान्त श्रेष्ठ र कञ्चन भट्टलाईसमेत सो अबसरमा सम्मानित गरीएको थियो ।

प्याब्सन काठमाडौ जिल्लाका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षता,प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना बिशिष्ट अतिथि र उपप्रधान तथा सहरी बिकाश मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौमा भएका अधिकांश बिद्यालयको सहभागिता थियो ।