नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले भियतनामसँग पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान हुने भएको बताएको हो ।

नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि पटकपटक चार्टर उडान हुँदै आएको कम्पनीले जनाएको छ । अब दसैँलगत्तै थप दुई चार्टर उडान हुन लागेको रुप्से होलिडेजले जनाएको छ ।

आउँदो असोज ३० गते (अक्टोबर १६ बाट ५) का दिन नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुने कम्पनीले बताएको छ ।

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ ।

त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार गरिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको कम्पनीले जनाएको छ ।

अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको कम्पनीको भनाइ छ ।

भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज रहेको छ । यो भ्रमण शुल्क मासिक पाँच हजारको किस्ताबन्दीमा समेत रहेको कम्पनीले जनाएको छ । जसमा १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दी सुविधा छ ।

उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको रुप्से होलिडेजले जनाएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइने बताइएको छ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ । दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराउने कम्पनीको भनाइ छ ।

भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बेुमा क्रुज सफारी हुने छ । भ्रमणको चौथो दिन ट्रेनस्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ ।

सोमवार, २८ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान