सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका थिए ।

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१।२२ प्रतिशतले बढी हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको जुलाईको तुलनामा ११।९१ प्रतिशतले बढी हो । गत वर्ष ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।”

जुलाईमा सार्क राष्ट्रबाट ४२ प्रतिशत, एसियाका अन्य मुलुकबाट १८, युरोपबाट १४, अमेरिकाबाट १३, ओसियानालगायत अन्य मुलुकबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएको उनले जानकारी दिए ।

जुलाईमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने नौ प्रतिशतले कम देखिएको छ । कोरोना महामारीअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।

जुलाईमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारत, अमेरिका, चीन, बेलायत र बङ्गलादेश रहेका छन् ।

भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८१९, चीनबाट छ हजार ८१९, बेलायतबाट तीन हजार ८०६, बङ्गलादेशबाट तीन हजार ४७०, अस्ट्रेलियाबाट एक हजार ९०१, दक्षिण कोरियाबाट एक हजार ५३७, भुटानबाट एक हजार २०७, मलेसियाबाट एक हजार १२५ र जापानबाट एक हजार ११४ पर्यटक नेपाल आएका छन् ।

 

शनिबार, १९ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान