टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौँभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ ।

टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौँभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन उपप्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।

टिवानको टोलीले पर्यटक बसपार्कका लागि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमार्फत गौशालाको तिलगङ्गामा बसपार्क निर्माणको निर्णय भएकाले कार्यान्वयनका लागि पहल गर्नसमेत आग्रह गरेको थियो ।

पर्यटक बस काठमाडौँको झोंसे गल्ली, कान्तिपथ सडक हुँदै विगत पाँच वर्षदेखि सोह्रखुट्टे सडकबाट सञ्चालन हुँदै आएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँभित्रका स्थानीय तहसँग छलफल गरेर पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शनिबार, १९ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे