संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै प्रगति गर्न नसक्ने बताएका छन् ।

बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई स्व-स्फूर्त रूपमा आउन समेत आग्रह गरे ।

उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए ।

उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्र चलायमान र गतिशील बनाउन आग्रह गरे । उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरे ।

उनले बहुभाषिक, बहुसांस्कृति र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको बताए । उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन,अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे।

उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै क्षेत्रबाट मात्रै चिनाउन सकिने बताए ।

बुधबार, १६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !