ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका हुन्। परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे।

निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिइन्।

यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भए। सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रसाईँले बताइन्।

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए।

मङ्लबार, १ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान