चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे । नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताए।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलव्ध सुविधाबारे जानकारी दिएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो । चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए ।

मङ्लबार, २२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान