वसन्त ऋतुको हिमाल आरोहणको नियमन तथा सहजीकरणका लागि सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको छ ।

विभागका अनसार फिल्ड कार्यालयको प्रमुखका रुपमा नापी विभागका उपसचिव खिमलाल गौतम तोकिएका छन् । केन्द्रमा भने सम्पर्क अधिकृतको खटनपटन तथा सबै गतिविधिको नियमन र सहजीकरण गर्न भने पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सो समितिमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाली सेना, पर्यटक प्रहरी, हिमालयन उद्धार संघ, सगरमाथा आरोही संघलगायत निकायका प्रतिनिधि सदस्य रहेका छन् । यो समितिको सदस्य सचिव समेत गौतम तोकिएका छन् ।

सरकारले यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाएको छ । त्यसमध्ये कतिपय फिल्डमा पुगिसकेका छन् भने कतिपय अझै फिल्डमा पुग्न बाँकी छ ।

शनिबार, १५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !