विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवर्द्धन भइरहेको छ ।

यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ । चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताउँछिन् । उनी भन्छिन्, ‘जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।’ सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उनी बताउँछिन् ।

त्यस्तै कास्की पोखराकी ६६ वर्षीया पुञ्जमाया पुन मगर भन्छिन्, ‘म वर्षेनी यहाँको तातोपानीमा डुब्न आउँछु । यहाँ डुबेपछि शरीरमा हुने छाला चिलाउन छोड्छ । यहाँ नआएको समयमा त म बस्नै नसक्ने बन्छु ।’ छोरीले यहाँसम्म ल्याइदिने र कति बस्ने हो बसिसकेपछि लिन आउँछ अनि घर जाने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘वर्षको एक पटक यहाँ आएर तातोपानीमा डुबेपछि आनन्द हुन्छ । नत्र छालामा केही देखिदैन तर चिलाउने हुन्छ । यहाँ डुबेर निको हुन्छ । त्यसैले म त वर्षको एक पटक समय मिलाएर आउने गर्छु ।’ तातोपानीमा डुबेर फर्किएपछि भने निको हुने उनको भोगाइ छ । यहाँको पानीमा निको पार्ने शक्ति भएको उनी बताउँछिन् । पुन मगर भन्छिन्, ‘अस्पताल गएर पनि निको नभएको छालाको समस्या यहाँको तातोपानीले निको हुन्छ ।’

उनी जस्तै बाग्लुङ तमानखोला गाउँपालिका–६ भिमबहादुर रसाइली र झकबहादुर रसाइली पनि तातोपानीमा डुब्दा र नुहाउँदा निको हुन्छ भनेर नै यहाँको कुण्डमा डुब्न वार्षिक रुपमा आउने गरेका बताउँछन् । उनी भन्छन्, ‘यहाँबाट टाढा भए पनि वर्षमा एक पटक तातोपानी आउँछौं । मर्केको, सड्केको दुखाई निको हुन्छ । हामी त बुढा भइसक्यौं । यहाँ नुहाउँदा राम्रो भएको छ ।’ उनीहरु जस्तै देशका विभिन्न स्थान र भारतबाट पनि यहाँको तातोपानी कुण्डमा डुब्न आउने गरेका छन् । यहाँको तातोपानीमा डुब्दा विभिन्न रोग पनि निको हुने गरेका सेवाग्राही बताउँछन् ।

सोमवार, १५ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा