Trending
जापानमा “द हिमालयन प्रोडक्सनले” बेजोडको सांगितिक प्रस्तुती दिने भएको छ । नेपालका चर्चित प्रख्यात र्यापर महेश दोङ अर्थात् स्टेज नेम (दोङ) ले बेजोड प्रस्तुति दिन जापान आऊदैछन् । उन्ले जापानको सकाए निशिकी–कू टिभि टावर अगाडी भएको “उतागे नागोया” भेन्यूमा बेजोड प्रस्तुति दिने “द हिमालयन प्रोडक्सन”का म्यानेजिंग डाइरेक्टर राजिव लामाले जानकारी दिए । डिसेम्बर–३० तारिक २०२३ (शनिबार) बेलुकी ४ बजेदेखि ८ बजेसम्म कडा प्रस्तुति हुने छ । र्यापर महेश दोङ नेपालमा (दोङ) नामले प्रख्यात छन् । दोङ संगै नेपालबाट जापानमा बसोबास गर्ने स्थानीय कलाकारहरु राजिव लामा, प्रदिप तामाङ र आफ्टर पार्टीमा (डिजे लाहूरे) ले समेत दोङको बेजोड प्रस्तुतिमा सहयोग गर्नेछन् । जापानमा बसोबास गर्ने नेपाली र नेपालीलाई माया गर्ने जापानीजहरुको समेत कार्यक्रममा भव्य सहभागिता रहने छ । आयोजकले कार्यक्रममा ५ सय जना भन्दा बढीको सहभागिता हुने जनाएको छ । सहभागिताका लागि प्रोडक्सनमा रहेको ६ जनाको टिम कान्छ पुन, दावाङ दोर्जे लामा, प्रदिप तामाङ, सुरेन पौडेल, सरोज लामा र राजिव लामाले टिकट धमाधम बिक्रि भएको भन्दै अग्रिम बुकिङका लागि आग्रह गरेकाछन् । टिकटका लागि बिद्यार्थीलाई सहुलियत ३ हजार, सर्वसधरणलाई ४ हजार र भिआईपी पासका लागि १० हजार येन निर्धारण गरीएको छ । टिकटसंगै प्रस्तुति हेरेर मनोरञ्जन लिने दर्शकहरुलाई वन ड्रिंक को व्यवस्था निःशुल्क गरीएको छ । टिकटका लागि नागोया शहरमा रहेका प्रत्येक नेपाली रेष्टुरेण्ट र हलाल फूडमा पाईने व्यवस्था गरीएको आयोजक लामाले जानकारी दिनु भएको छ । जापानमा पहिलो पटक यति ठुलो माहोलमा सांगितिक प्रस्तुति हुने कुरा आयोजकले दाबी गरीएको छ। मनोरञ्जन लिन र गीत संगितमा झुम्न न चूम्न “द हिमालयन प्रोडक्सनले” नागोयाबासी र नागोया आसपास रहेको शहरमा बसोबास गरीएको नेपाली दाजू–भाई तथा दिदी–बैनीहरुलाई उक्त कार्यक्रममा सहभागी भई सब्य र भव्यताको साथ मनाउन हार्दिक आग्रह गरीएको छ ।