वरिपरि सेताम्मै हिमाल । तालदेखि माथि अन्नपूर्ण हिमाल ठिङ्ग उभिए जस्तो देखिन्छ । हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको खयर ताल चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । तालको क्षेत्रफल १० हजार वर्गमिटर छ । तालको छेवैमा खयरभारानी थान रहेको छ । पर्यटकीय स्थल खोप्रबाट करिब सात घण्टाको पैदल यात्रापछि खयर तालमा पुग्न सकिन्छ ।

प्राकृतिक हिसाबले खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अघि देख्न सकिन्छ । तालको पानी कहिल्यै सुक्दैन तर पानीको मूल पनि देखिँदैन ।

पाउद्वार गाउँदेखि खयर ताल २६ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयहरूले चन्दा सहयोग सङ्कलन गरे पदमार्ग निर्माण गरेका छन् । खयर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीयहरू जुटेका छन् । खयर क्षेत्रको प्रवर्द्धनका लागि सक्रिय पाउद्धारका राजु पुनले खयरक्षेत्रको प्रचारप्रसार र पर्यटन मैत्री पूर्वाधार निर्माण गरेमा आगामी दिनमा पर्यटन आगमन बढाउन सकिने विश्वास व्यक्त गरे ।

खयरलेक प्राकृतिक तथा धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । खयरभारानीको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासले प्रत्येक जनैपूर्णिमाका दिन यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरू दर्शन र पूजाका लागि पुग्ने गर्दछन् ।

सोमवार, २२ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !