बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै पर्यटकहरू पनि बढ्न थालेका छन् । पछिल्लो समय बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ मात्र रहेकोमा १३ वर्षपछि अहिले बाघको सङ्ख्या बढेर २५ पुगेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिए । निकुञ्ज स्थापना भएको ८ वर्षमा २१ पुगेको बाघको सङ्ख्या १३ वर्षमा २५ पुगेको हो ।

निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० मा ३०२ जना पर्यटक बाघ अवलोकनका लागि आएका थिए । ती मध्ये २९० जना स्वदेशी र १२ जना विदेशी पर्यटक आएको निकुञ्जले जनाएको छ । बाघको सङ्ख्या बढेपछि आहारा प्रजाति र बासस्थान व्यवस्थापनमा ध्यान दिइएको सूचना अधिकारी भुसालले बताए ।

पाटेबाघको संरक्षण गर्ने उद्देश्यका साथ वि.सं. २०६७ साल आषाढ २८ गते बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ ।

सोमवार, १५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे