काठमाडौं कीर्तिपुर-६ चोभारमा ३ अर्ब रूपैयाँको लगानीमा साहसिक पर्यटकीय प्रोडक्टसहितको होटल बन्ने भएको छ। होटलसहित अन्य संरचना निर्माणका लागि जेबी एडभेन्चर प्राली उद्योग विभागमा दर्ता भएको छ।

प्रालिले तीन अर्ब रूपैयाँको लगानीमा ४६ बेडको होटलसहितको संरचना बनाउने गरी उद्योग विभागमा दर्ता गराएको छ। होटलमा ६० सिट क्षमताको रेष्टुँरासमेत निर्माण हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

दर्ता विवरणमा वार्षिक ५० हजारलाई बन्जी जम्प गराउने, ७० हजारलाई जिपलाइन गराउने, ७० हजारलाई नै स्विङ गराउने, ७० हजारलाई स्काई वाक तथा ग्लास ब्रिजको सेवा दिने, ७० हजारलाई नै स्काई साइकलिङ गराउने, ४० हजारलाई रकक्लाइमिङ गराउने र १ लाख बालबालिकालाई फनपार्कभित्रको मनोरञ्जन गराउने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागको दर्ता विवरणमा १ सय ५० जनालाई रोजगारीको अवसर दिने उल्लेख छ। सतप्रतिशत नै नेपाली लगानी रहने उद्योगमा ५ सय केभीए बिजुली खपत हुनेसमेत दर्ता विवरणमा उल्लेख छ।

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !