नेपालका पासाङ दावा शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्। आइतबार २६ औं पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै दोस्रो व्यक्ति बनेका छन्।

४६ वर्षीय पासाङ दावा शेर्पाले आइतबार स्थानीय समय अनुसार बिहान ९ बजे ८ हजार ८४९ मिटर अग्लो शिखरमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

न्युजिल्याण्डका एडमन्ड हिलारी र उनका शेर्पा गाइड तेन्जिङ नोर्गेले सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। हाइकिङ कम्पनी इम्याजिन नेपाल ट्रेक्सका एक अधिकारीले पासाङ दावा हंगेरीका पर्यटकसँग सगरमाथा पुगेको बताए। तिनीहरू अहिले माथिबाट तल आउँदैछन् र राम्रो अवस्थामा छन्।

पासाङ दावा शेर्पाले इम्याजिन नेपालको सगरमाथा आरोहणको अघिल्लो कीर्तिमान बराबरी गर्दै इतिहास रचेका छन्। ४६ वर्षको उमेरमा पासाङले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेको कम्पनीले जनाएको छ। उनले इमाजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका कामीरिता शेर्पाको कीर्तिमान बराबरी गरेका छन्।

सगरमाथा आधार शिविर नजिकैको गाउँ पाङ्बोचेमा जन्मेका ४६ वर्षीय शेर्पा आरोहीले सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। उनले सन् १९९९, २००२, २००३, २००४, २००८, २००९, २०११, २०१२, २०१६ र २०१७ मा सगरमाथा आरोहण गरिसकेका छन्। उनले सन् २००१, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा एक पटकभन्दा बढी पटक सगरमाथा आरोहण गरेका थिए।

पासाङ दावासँगै युनाइटेड किंगडम, अमेरिका, हंगेरी, चीन र पाकिस्तानबाट इम्याजिन नेपालमार्फत ५ जना पर्यटक पनि सगरमाथाको चुचुरोमा पुगेका थिए। यी सबै व्यक्ति सिजनमा शिखरमा पुग्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको हिस्सा बनेका छन्। विश्वको सबैभन्दा अग्लो सगरमाथाको आरोहण आइतबार औपचारिक रुपमा सुरु भएको छ।

हिमालयमा प्रतिकूल मौसमका कारण यस वर्षको आरोहण ढिलो खुलेको हो। पछिल्ला हप्ताहरूमा यहाँ भारी हिमपात रेकर्ड गरिएको छ। यस वर्ष नेपालमा पर्वतारोहणमा रुचि राख्नेहरूको ठूलो सङ्ख्या देखिएको छ।

पर्यटन विभागले ४ सय ७८ जनालाई परमिट दिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। नेपालले यसअघि सन् २०२१ मा ४०९ वटा परमिट जारी गरेको थियो ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा