file photo

नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन र शीर्ष टुर अपरेटरहरूले कैलाश मानसरोवर भ्रमणको नियमलाई सहज बनाउन चिनियाँ दूतावासलाई पत्र लेखेका छन् ।

उनीहरूले भिसाका लागि बायोमेट्रिक, नेपालीहरूको भिसा शुल्क, भारतीय तीर्थयात्रीहरूका लागि तोकिएको ६० हजार अमेरिकी डलर धरौटीको प्रावधान र उनीहरूको भिसा तथा कैलाश यात्राको शुल्कका विषयमा पूर्नविचार गर्न आग्रह गर्दै पत्र बुझाएका हुन् ।

चिनियाँ राजदूत चेन सोङलाई वैशाख २२ मा पत्र लेख्दै उनीहरूले वर्तमानको प्रावधानका कारण कैलाश मानसरोवर यात्रा र ल्हासा टुर सञ्चालन गर्ने नेपाली पर्यटन व्यवसायीहरूले विभिन्न समस्या भोगिरहेको उल्लेख गरेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला, एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापा एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) का कार्यवाहक अध्यक्ष लिला बल्दव दाहालले संयुक्त पत्र लेख्दै यात्रा सञ्चालनमा भइरहेको समस्या समाधानका लागि चीनलाई आग्रह गरेका हुन्।

चीनका लागि नेपाली दूतावास, बेइजिङ र नेपाली महावाणिज्य दूतावास, ल्हासालाई बोधार्थ राखेर पत्र लेखिएको छ।

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान