file photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताएका छन्।

आज २५६७ औं बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन प्रयास गर्नुपर्ने बताए।

उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए। उनले सन्देशमा भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो। यो बुद्ध दर्शनको उद्मस्थल पनि हो। यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ।’

उनले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घण्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको समेत सन्देशमा उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरूसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्त्व दिएको भन्दै बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको समेत बताए।

शुक्रबार, २२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा