सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले सञ्चालन गरेको अर्गानिक कृषि फर्म । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् । वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । तस्बिर: देवराज सुवेदी,रासस