file photo

बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् ।

नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका बिरुवा रोपिएको छ । छन्त्याल किसान समूहमा आबद्ध किसानले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समूहमा आबद्ध किसानकै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक रवीन्द्र शर्माले जानकारी दिनुभयो ।

कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ । “उजाड जमिन हरियाली भएको छ”, प्राविधिक शर्माले भन्नुभयो, “बाँझो जमिनको उपयोग र किसानलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।” कार्यक्रमका लागि परियोजनाले रु १० लाख उपलब्ध गराएको थियो ।

बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणका लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानका लागि प्रयोग हुने चेन्सो मेसिन खरिद गर्न कूल रु १७ लाख ८५ हजार खर्च भएको छन्त्याल किसान समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

परियोजनाले उपलब्ध गराएको रु १० लाखबाहेक अपुग भएको रकम किसानबाट सङ्कलन गरिएको थियो । समूहमा एक सय १४ किसान आबद्ध छन् । किसानले एउटा बिरुवाको रु तीन सय ५० तिरेका थिए । जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीँ किसानले प्रयोग गर्ने प्राविधिक शर्माले बताउनुभयो ।

वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाका अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ । बीजबिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । बीजबिरुवाले पाँच वर्षपछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीका लागि उपयुक्त क्षेत्र हो ।

बुधबार, २२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो